कारले ठक्कर दिँदा बुबा-छोरीको मृत्यु



हाम्रो इकोनोमि

 

 

 रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका-४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा निजगढ तर्फ जाँदै गरेका गरुडा नगरपालिका ३ मलाही टोलका ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए । घटना पश्चात कारका चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका १२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...