यस्तो छ नेपाल विद्युत् प्राधिकरणको वास्तविक वित्तीय अवस्था



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत् प्राधिकरणको वास्तविक वित्तीय अवस्था बाहिर ल्याउनका लागि ड्यू डिलिजेन्स अडिट (डीडीए)को प्रक्रिया अगाडि बढाइने भएको छ । शुक्रबार प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन लागिएको जानकारी दिएका हुन् ।

उनले भने, महालेखाको प्रतिवेदनमा औंल्याईएको कैफियत र नेविप्राले तयार गरेको वासलात तथा नाफा नोक्सान विवरण आदिमा मूलभूत रूपमा फरक पर्न गएकोले यस संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने र प्रस्तुत तथ्याङ्कको विश्वसनीयता कायम गर्ने हेतुले प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि ड्यू डिलिजेन्स अडिट (डीडीए)को प्रक्रिया अगाडी बढाइनेछ ।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण नाफामा रहेको बताउँदै आएका थिए । तर, हालका कार्यकारी निर्देशक शाक्यले भने ड्यू डिलिजेन्स अडिट (डीडीए) पश्चात् प्राधिकरणको वास्तविक वित्तीय अवस्था बाहिर आउने दाबी गरेका छन् । उनले सार्वजनिक गरेको श्वेतपत्र अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । चालु आवको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ । तर, आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको उक्त श्वेतपत्रमा उल्लेख गरिएको छ ।

यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखा परीक्षण प्रतिवेदनमा औल्याईएका बुँदाहरू मध्ये संस्थाले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिएको उनले जानकारी दिए । यसले गर्दा समग्रमा आव २०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको शाक्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...