रेशमलाई थुनाएका विष्टलाई सरकारी कागजात कीर्ते मुद्दा



हाम्रो इकोनोमि

 

 

 नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई बुधबार अनधिकृत पत्र लेखी कारागार चलान गर्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई सरकारी कागजात कीर्तेसम्बन्धी मुद्दा चलाइने भएको छ ।सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखामा कार्यरत विष्टले लेखेको पत्र अनधिकृत भएपछि चौधरी कारागारमुक्त र विष्ट प्रहरी हिरासतमा छन् । विहीबार सार्वजनिक बिदा भएका कारण आज म्याद थप्न लगिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरेको कारण उनीविरुद्ध सरकारी कागजात कीर्ते मुद्दा चलाइने भएको छ । प्रारम्भिक बयानमा उनले जानीजानी त्यस्तो कसूर गरेको स्वीकारेका छन् ।उनका बारेमा सर्वोच्च अदालतले पनि आवश्यक निर्णय लिने सम्भावना भएका कारण अदालतको निर्णय र प्रहरी अनुसन्धानलाई समान बनाउने गरी मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...