रेशमलाई थुनाएका विष्टलाई सरकारी कागजात कीर्ते मुद्दा



हाम्रो इकोनोमि

 

 

 नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई बुधबार अनधिकृत पत्र लेखी कारागार चलान गर्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई सरकारी कागजात कीर्तेसम्बन्धी मुद्दा चलाइने भएको छ ।सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखामा कार्यरत विष्टले लेखेको पत्र अनधिकृत भएपछि चौधरी कारागारमुक्त र विष्ट प्रहरी हिरासतमा छन् । विहीबार सार्वजनिक बिदा भएका कारण आज म्याद थप्न लगिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरेको कारण उनीविरुद्ध सरकारी कागजात कीर्ते मुद्दा चलाइने भएको छ । प्रारम्भिक बयानमा उनले जानीजानी त्यस्तो कसूर गरेको स्वीकारेका छन् ।उनका बारेमा सर्वोच्च अदालतले पनि आवश्यक निर्णय लिने सम्भावना भएका कारण अदालतको निर्णय र प्रहरी अनुसन्धानलाई समान बनाउने गरी मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...