बालाजुको तरकारी व्यापारी र साना किसानलाई महानगरले लखट्यो



हाम्रो इकोनोमि

 

 

 काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर प्रहरी परिचालन गरेको छ ।

बिहान ४ बजेदेखि ७ बजेसम्म डोको,खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउनेहरूलाई हटाउन महानगर प्रहरीले सडक खाली गराएको हो । यसक्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको छ । काठमाडौं महानगरको नेतृत्व साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागि रहेका बेला ठुलो सङ्ख्यामा महानगर प्रहरीले बालाजु बाइपस रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेको छ ।

आज बिहान नगर प्रहरीले साना किसान र तरकारी व्यापारीहरूलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित भएको थियो ।

काठमाडौं महानगरको १६ नम्बर वडा अन्तर्गत पर्ने सो क्षेत्रमा तरकारी किनबेच गर्नेहरूको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेकाले उनीहरूलाई व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष रोजिना श्रेष्ठले बताइन् । हालै सम्पन्न उपचुनावमा रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तरकारी व्यापार गर्नेहरूलाई अर्को ठाउँमा व्यवस्थित गर्न खोज्दा उनीहरू नमानेर सडकमै व्यापार गर्छौँ भनेपछि हटाउनुपरेको बताइन् ।

 

No description available.

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...