बबीको ‘पेस्तोल डान्स’ बारे प्रहरी अनुसन्धान सुरू



हाम्रो इकोनोमि

 

 

जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् । उनको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् ।

तर उनले पड्काएको पेस्तोल असली हो कि नक्कली भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । डा. बबीमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले बोलाएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पेस्तोलबारे अनुसन्धान गर्न नेतृ डा. बबीलाई बोलाएको बताए । उनले भने, ‘पेस्तोल नक्कली नै रहेको कुरा भन्न सकिँदैन । उहाँ (डा. बबी)लाई बोलाएको छु । एक घण्टामा आउँदै हुनुहुन्छ । उनले नक्कली पेस्तोल र डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ आवश्यक अनुसन्धानका लागि प्रधान कार्यालय पठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...