गलत तथ्यांक देखाएर कुलमानले छरेका थिए भ्रम : प्राधिकरण खर्बको ऋणमै



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत प्राधिकरणले देखाउँदै आएको नाफा गलत रहेको पाइएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार दिर्घकालिन ऋण रु दुई खर्ब ४८ अर्ब रहेको देखिन्छ । प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व भने रु तीन खर्ब ८५ अर्ब रहेको देखिन्छ । यो तथ्याङ्कले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण नाफामा भएको भनी गरेको दावी झुटो देखिएको छ ।

प्राधिकरणले सरकारको आन्तरिक स्रोतबाट मात्र रु ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायतर्फको रु एक खर्ब ७१ अर्ब ४ करोड गरी जम्मा रु दुई खर्ब ४८ अर्ब ऋण चलाएको तथ्याङ्कमा देखिन्छ । यो तथ्याङ्कले घिसिङले भ्रमणपूर्ण रुपमा नाफाको झुटो प्रचार गरेको देखिन्छ । प्राधिकरणले विभिन्न न्यायिक तथा अर्धन्यायिक निकायमा विचाराधीन मुद्दाबाट रु ८ अर्ब ४० करोड रुपैँया तिनुपर्ने हुनसक्ने देखिन्छ । यदी यी मुद्दाहरु टुंगीएर दायित्व वहन गर्नुपर्ने भयो भने प्राधिकरण थप घाटामा जाने देखिन्छ ।

प्राधिकरणले सहायक र सम्बद्ध कम्पनीको प्रवद्र्धनका लागि मात्र रु ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत दिएको उल्लेख छ । उक्त जमानत वापतको रकम तत्काल प्राधिकरणको खातामा आउने सम्भावना छैन । कुलमानको ‘नाफा’को भ्रम, वास्तविकता नोक्सानीमा प्राधिकरणको कुल सञ्चित नाफा ०८०÷०८१ सम्म रु ४६ अर्ब ४७ करोड रहेको उल्लेख छ । चालू आवको फागुन मसान्तसम्म रु ९ अर्ब ८४ करोड नाफा रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । यो तथ्यांक भएपनि प्राधिकरणले आयकर ऐनको प्रावधान अनुसार ह्रासकट्टी गरी नाफा नोक्सान गणना गर्दा हालसम्म रु ५ अर्ब २६ करोड नोक्सानमा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो प्राधिकरणको वर्तमानको वास्तविकता हो ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले आफू लोकप्रिय हुनका लागि कर तिर्नुपर्ने रकमलाई नाफामा जोडि देखाएको प्राधिकरणको तथ्यांकमा देखिन्छ । घिसिङले आयकर ऐनको प्रावधान अनुसार ह्रासकट्टी नगरी केवल नाफामात्रै गणना गरेर आफू लोकप्रिय बनेका थिए । उनले आफ्नो कार्यकालभरी यही झुटो प्रचार गरेर प्राधिकरण नाफामा रहेको देखाइरहे । तर प्राधिकरणको वास्तविकता लामो समयदेखि घाटामै चल्दै आएको थियो । घाटाको कुरा देखाउँदा आफ्नो लोकप्रियतामा कमी आउने भएपछि ह्रासकट्टी नै नगरी नाफामा तथ्यांक देखाएर घिसिङले भ्रममा पारेको प्राधिकरणको वर्तमान तथ्यांकले पुष्टि गर्छ ।

महालेखा परीक्षकको प्रतिवेदनले समेत रु ७ अर्ब १९ करोड खर्च नलेखेको र चार अर्ब ७२ करोड आम्दानी बढी लेखाङ्कन गरेको भन्दै घिसिङले गरेको दावीमा गल्ती औँल्याएको थियो । कुलमानले २०८०÷०८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड नाफा भएको उल्लेख गरेपनि महालेखा परीक्षकको प्रतिवेदनले नाफा नोक्सानको हिसावका आधारमा नाफा नभई रु एक अर्ब नौ करोड नोक्सान भएको दावी गरेको थियो । महालेखाको प्रतिवेदनमा औँल्याएका कैफियत र प्राधिकरणले तयार गरेको वित्तिय अवस्थाको मुलभूत विवरणमा नै फरक रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । यही तथ्यांकलाई समेटेर प्राधिकरणले वास्तविक अवस्था जानकारी गराउन श्वेतपत्र ल्याउने तयारी गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको वास्तविकतामा आधारित गराएर सही तथ्यांकहरुलाई देखाएर श्वेतपत्र ल्याउन निर्देशन दिँदै आएका थिए । प्राधिकरणले मन्त्रीको निर्देशनका आधारमा प्राधिकरणलाई विश्वसनीय बनाउन र प्राधिकरणको वास्तविक आर्थिक अवस्था पहिचान गर्न सम्पत्ती तथा दायित्व मूल्यांकन (डिडिए) को प्रक्रिया अगाडि बढाउन श्वेतपत्र ल्याउन लागेको हो । प्राधिकरणका अनुसार केही दिनमै श्वेतपत्र जारी गरी वास्तविक स्थिति पारदर्शी रुपमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...