सरकार-शिक्षक आजपनि वार्ता बस्ने



हाम्रो इकोनोमि

 

 

सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ ।

शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ । अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो । अहिलेसम्म सरकारले विश्वासको आधार बनाएको छैन । सरकारसँगको छलफलमा त आज पनि जान्छौ । ऐन जारी हुने सुनिश्चितता हुनु पर्‍यो । सरकारले विश्वसिलो आधार बनायो भने त्यही अनुसार प्रस्तुत हुन्छौं । जनाएन भने त्यही अनुसार हुन्छौं’ उनले भनिन् ।

यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्‍बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताले बताउँदै आएका छन् । मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...