शिक्षकसँग आजै सहमति हुने संकेत



हाम्रो इकोनोमि

 

 

२८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधनउन्मुख बनेको छ । सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताए । उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ ।

अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना सुनाए । आशावादी छौं । हामी छलफलमै छौं । आज केही होला’, बैठकस्थलबाट थापाले  भने । आजै गठबन्धनका मुख्य दल कांग्रेस-एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको उनको भनाइ छ । तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए ।

राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । आन्दोलन भने जारी नै रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...