पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्माण सम्झौता गरेको स्मरण गरे । निर्माण सम्पन्न भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा उद्घाटन सम्पन्न भएको थियो । तर, अझैसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरे ।

उनले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन भनेर सरकारलाई प्रश्न गरे । ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ’, उनले भने ।

अनियमिततामा संलग्नमाथि कारबाही हुनुपर्ने उनको माग छ । ‘त्यति मात्र होइन प्रधानमन्त्रीज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग त बन्न सकेन तर धावन मार्गभन्दा कैयौं गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ’, उनले भने ।

सांसद पराजुली अगाडि भन्छन्, यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना इन्ट्रेस्ट होलान् यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा त उजागर गरेको सत्य हो नि ? प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको पनि उनले स्मरण गरे । अगाडि भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’ पराजुलीको प्रश्न छ ।

यो विषयमा न्यायिक छानबिन समिति गठन गर्न उनको सुझाव छ । अगाडि थप्छन्उ च्चस्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ नि प्रधानमन्त्रीज्यू ?

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...