ताप्लेजुङ दुर्घटना : ऊर्जा मन्त्रीद्वारा चार सदस्यीय छानबिन समिति गठन



हाम्रो इकोनोमि

 

 

पाथिभरा यात्राका क्रममा भएको दुःखद दुर्घटनाबारे यथार्थ विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन काठमाडौं, १२ वैशाख – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको ज्यान गएको दुःखद दुर्घटनापछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ। ऊर्जा मन्त्रालयले उक्त समितिको संयोजकमा नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्मालाई नियुक्त गरेको छ।

समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्यको रुपमा रहने छन्। वैशाख ८ गते फुङ्लिङ सदरमुकामबाट प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो (ना.१.ज. ३०११) गाडी सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। घटनापछि गम्भीर चासो व्यक्त गर्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए।

समितिलाई दुर्घटना कसरी, किन, र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझावस्वरूप पेश गर्न निर्देशन दिइएको छ । ऊर्जा मन्त्रालयका अनुसार छानबिन समिति हालसम्म सम्बन्धित पक्षहरूसँग सम्पर्क, अध्ययन तथा स्थलगत निरीक्षणमार्फत काम अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...