होटेल व्यवसायीप्रति राज्यको दृष्टिकोण हेयपूर्ण : अध्यक्ष बराल



हाम्रो इकोनोमि

 

 

राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै काठमाडौँका होटेल व्यवसायीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले नेपाल पत्रकार मञ्चको नव निर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटका क्रममा व्यवसायीहरूले भोगिरहेको वास्तविकता प्रस्तुत गर्दै राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाउनुभयो ।

अध्यक्ष बरालका अनुसार देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रहरूमा रहेको होटेलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु त परै जाओस्, प्रहरीले नै राति १० बज्नासाथ सिट्टी फुक्दै होटेल बन्द गराउने गरेको व्यवहार अत्यन्तै आपत्तिजनक छ। “होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो,” उहाँले भन्नुभयो, “तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं ।

पत्रकारहरूसँगको संवादमा बरालले राज्यले होटेल व्यवसायप्रति देखाएको दृष्टिकोण नीतिगत रूपमा मात्र होइन, व्यवहारगत रूपमा पनि हेयपूर्ण देखिएको स्पष्ट पार्नुभयो। त्यसैगरी संघका सचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल रोयल पैलेसका सञ्चालक अनिष बानियाले पनि राज्यको दृष्टिकोणप्रति गम्भीर असन्तुष्टि जनाउँदै भन्नुभयो, “हामीले हरेक कानूनी प्रक्रिया पालना गर्छौं, कर तिर्छौं, तर रातको समयमा सञ्चालानमै रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइन, दोषी ठहरिएको अनुभूति हुन्छ।

नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सञ्चार क्षेत्र र राज्यले पर्यटन र निजी व्यवसायलाई सम्मानजनक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पत्रकारिता होटल व्यवसायको पक्षमा मात्र होइन, राष्ट्रको आर्थिक विकासको पक्षमा पनि खडा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...