विद्यालयको हाजिर रजिस्टर सडकमा, आन्दोलनबाटै तलब



हाम्रो इकोनोमि

 

 

सरकारी विद्यालयका शिक्षकहरु आफ्नो सेवा सुविधा सम्बन्धी विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यतिका दिनदेखि विद्यालय छोडेर सडकमा दिनचर्या बिताइरहेका उनीहरुको दिनदिनै हाजिरी भने भइरहेको पाइएको छ ।  शिक्षकहरुले आन्दोलनमै विद्यालयको रजिस्टर बोकेर हाजिर गर्ने गरेको भेटियो । कतिपय शिक्षकहरुले आफ्नो विद्यालयकै हाजिरी उठाएर ल्याएको बताए भने केहीले चाहिँ नयाँ रजिस्टर बनाएर हाजिर गरिरहेको जानकारी दिए ।

नाम नबताउने शर्तमा एक शिक्षकले भने, ‘विद्यालय नगए पनि तलव त खानुपर्यो नि । त्यसैले सडकमै हाजिर गर्ने गरेका छौं । आन्दोलनमा नआएर विद्यालय जाने शिक्षकहरुले हाजिर गर्न नपाउने स्थिति देखिन्छ । अर्को एक विद्यालयका शिक्षकले आन्दोलनमा आउनैपर्ने, नत्र गयल लेखिने भनेर उर्दि गरिएको बताए । वार्षिक परीक्षापछि देशभरका निजी तथा सरकारी विद्यालयहरु केही दिन विदा थिए । बिदा सकिएर निजी विद्यालयहरु खुलिसके पनि सरकारी विद्यालय ठप्पप्राय छन् । निजी विद्यालयमा भर्नाको चटारो छ भने सरकारीमा कुनै सुरसार छैन । सरकारी विद्यालयमा शिक्षकहरु नै भेटिन्नन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...