विद्यालयको हाजिर रजिस्टर सडकमा, आन्दोलनबाटै तलब



हाम्रो इकोनोमि

 

 

सरकारी विद्यालयका शिक्षकहरु आफ्नो सेवा सुविधा सम्बन्धी विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यतिका दिनदेखि विद्यालय छोडेर सडकमा दिनचर्या बिताइरहेका उनीहरुको दिनदिनै हाजिरी भने भइरहेको पाइएको छ ।  शिक्षकहरुले आन्दोलनमै विद्यालयको रजिस्टर बोकेर हाजिर गर्ने गरेको भेटियो । कतिपय शिक्षकहरुले आफ्नो विद्यालयकै हाजिरी उठाएर ल्याएको बताए भने केहीले चाहिँ नयाँ रजिस्टर बनाएर हाजिर गरिरहेको जानकारी दिए ।

नाम नबताउने शर्तमा एक शिक्षकले भने, ‘विद्यालय नगए पनि तलव त खानुपर्यो नि । त्यसैले सडकमै हाजिर गर्ने गरेका छौं । आन्दोलनमा नआएर विद्यालय जाने शिक्षकहरुले हाजिर गर्न नपाउने स्थिति देखिन्छ । अर्को एक विद्यालयका शिक्षकले आन्दोलनमा आउनैपर्ने, नत्र गयल लेखिने भनेर उर्दि गरिएको बताए । वार्षिक परीक्षापछि देशभरका निजी तथा सरकारी विद्यालयहरु केही दिन विदा थिए । बिदा सकिएर निजी विद्यालयहरु खुलिसके पनि सरकारी विद्यालय ठप्पप्राय छन् । निजी विद्यालयमा भर्नाको चटारो छ भने सरकारीमा कुनै सुरसार छैन । सरकारी विद्यालयमा शिक्षकहरु नै भेटिन्नन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...