१२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

 

शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।

उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन । बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए । उनले भने परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ ।

आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं । साढे ५ लाख विद्यार्थीको भविष्य गाँसिएकाले यो परीक्षा सञ्चालन गर्नैपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...