सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा



हाम्रो इकोनोमि

 

 

भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपपत्र दर्ता भएको छ । नरेन्द्र मोदी सरकारको प्रत्यक्ष निर्देशनमा चल्ने प्रवर्तन निर्देशनालय अर्थात इन्फोर्समेन्ट डिपार्टमेन्टले कांग्रेसका मुख्य नेता सोनिया र राहुल आमा छोराविरुद्ध आरोपपत्र दाखिल भएको हो । भारतको सरकारी समाचार संस्था पीटीआईका अनुसार ९ अप्रिलमा दायर भएको चार्जसीटमाथि २५ अप्रिलमा सुनुवाइ हुनेछ । चार्जसीटमा कांग्रेसका अन्य नेता श्याम पित्रोदा र राजीव गान्धी फाउन्डेशनका ट्रष्टी सुमन दुबेलाई पनि अभियुक्त बनाइएको छ ।

सोनिया भारतीय पूर्वप्रधानमन्धी राजीव गान्धीकी पत्नी र राहुल छोरा हुन् । इडीले यसै महिना एसोसियटेड जर्नल लिमिटेडको ६६१ करोड रुपैया बराबरको सम्पत्ति जफ गर्ने प्रक्रिया थालेको थियो । नेशनल हेराल्ड पत्रिकाको प्रकाशक संस्था एशोसियटेड जर्नल्स प्रालिको मुख्य हिस्सेदार योङ इण्डिया प्रालि हो । यो कम्पनीमा राहुल र सोनियाको हिस्सेदारी रहेको पीटीआईले जनाएको छ ।

नेशनल हेराल्ड अखबारको स्थापना सन् १९३८ मा पण्डित जवाहरलाल नेहरुले गरेका थिए । नेहरु परिवारबाट उनीसहित छोरी इन्दिरा र नाति राजीव प्रधामन्त्री भए भने राहुल गान्धी अहिले भारतीय लोकसभामा विपक्षी दलका नेता छन् । विपक्षी भारतीय कांग्रेसले भने सोनिया र राहुलमाथिको अभियोग प्रधामन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले धम्क्याउने ढंगले नयाँ राजनीति थालेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...