काठमाडौंमा रवि लामिछानेको बयान सकियो



हाम्रो इकोनोमि

 

 

सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । ‘आज बयान सकिएको हो भने भोलि पोखरा पठाइदिन्छौ’, उनले भने । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ । अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चलिरहेको छ । उनीहरूको बयान बुधबारसम्म सकियो भने त्यसपछि रविलाई चितवन झिकाइने त्यहाँका एसपी गौतम मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...