उपनिर्वाचनका ३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते



हाम्रो इकोनोमि

 

 

स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि भएको उपनिर्वाचनमा भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ । राजनीतिक दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ । त्यस्तै एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थपेर ५ वडाध्यक्ष जित्दा माओवादीले पनि एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ । माओवादीले जितेका ७ वडाध्यक्ष रिक्त भएका थिए भने एमालेले जितेका ६ वडाध्यक्ष रिक्त भएका थिए । यीबाहेक जसपा नेपालले २ वडाध्यक्ष जितेको छ भने नेकपा एस,रास्वपा र नेपाल मजदूर किसान पार्टीले एक एक वडाध्यक्ष जितेका छन् । एक वडाध्यक्ष स्वतन्त्रले जितेका छन् । किर्तिपुर नगरपालिकाको मेयर,गौरीशंकर गाउँपालिका उपाध्यक्ष,बेलका नगरपालिका वडाध्यक्षको मतपरिणाम आउन बाँकी छ ।

कांग्रेसले जितेका वडा

वडाध्यक्ष १६

लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस

गढी ६ सुनसरी, तेतर साहु (यसअघि एमाले जितेको)

ईशनाथ नपा ७, शेख अब्दुल खलिक (यसअघि एमाले जितेको)

राजपुर ६ रौतहट, समसे आलम

कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन

कीर्तिपुर ४ काठमाडौं, राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र जितेको)

हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी (यसअघि माओवादी जितेको)

मुसिकोट १ गुल्मी ,आनन्द श्रेष्ठ

रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर

ठाकुराबाबा ४ बर्दिया,अमिन थारु

सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री (यसअघि माओवादी जितेको

कुशे ७ जाजरकोट खम्बवहादुर सिंह (यसअघि माओवादी जितेको)

सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा (यसअघि एमाले जितेको)

पुर्वी चौकी ६ डोटी,मोहन थापा

दुहुँ ५ दार्चुला,धनसिंह कुँवर (यसअघि माओवादी जितेको)

भीमदत्त ६ कन्चनपुर,प्रकाश चन्द

एमालेले जितेका स्थान

अध्यक्ष १

महाबु गाउँपालिका दैलेख,जंगवहादुर शाही (यसअघि कांग्रेस जितेको)

उपाध्यक्षः१

स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ५

सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन (यसअघि कांग्रेस जितेको)

मोलुङ ५ ओखलढुंगा, गंगाबहादुर तामाङ (यसअघि कांग्रेस जितेको )

रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ (यसअघि माओवादी जितेको)

शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर (यसअघि कांग्रेस जितेको)

दुल्लु १३ दैलेख, लालवहादुर शाही

माओवादी केन्द्रले जितेका स्थान

अध्यक्ष १

ग्रामथान मोरङ, नमोनारायण माझी (यसअघि कांग्रेस जितेको)

उपमेयर १

नलगाढ जजारकोट, देवका लामिछाने (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ६

त्रियुगा १२ उदयपुर, नविन राई (यसअघि कांग्रेस जितेको)

धनुषाधाम १,धनुष सुनिल कुमार केवट (यसअघि कांग्रेस जितेको)

ककनी २ नुवाकोट, कृष्ण घिमिरे (यसअघि कांग्रेस जितेको)

गोरखा ५ गोरखा बिष्णुवहादुर मगर (यसअघि एमाले जितेको)

त्रिपुरासुन्दरी ५ डोल्पा नरवहादुर झाक्री (यसअघि एमाले जितेको)

पुथा उत्तरगंगा २ रुकुमपूर्व जगत घर्ती

जसपा नेपालले जितेका वडा

वडाध्यक्ष २

डाक्नेश्वरी १ सप्तरी, धरेन्द्रकुमार साह

डाक्नेश्वरी ४ सप्तरी,देवेन्द्र प्रसाद यादव,जसपा नेपाल

नेकपा एस

वडाध्यक्ष १

गढीमाइ नपा रौतहट,बजरंगी प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी १

काठमाडौं १६: रोजिना श्रेष्ठ (यसअघि कांग्रेस जितेको)

नेमकिपा १

वडाध्यक्ष

तिलगुफा ४ कालिकोट,खड्गराज शाही (यसअघि माओवादी जितेको

स्वतन्त्रः

कन्काइ ६ झापा, लक्ष्मीप्रसाद ओली,स्वतन्त्र (यसअघि एमालेले जितेको)

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...