बीआरआई अनुदानमा हुन्छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन् । उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन् । बीआरआईबारे कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गरिन् । यसलाई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको उनले बताइन् । परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै उनले बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने बताइन् ।