पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श



 

 

आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामलाका जानकार सहभागी छन् । प्रधानमन्त्री ओली मंसिर १७ देखि पाँच दिने चीन भ्रमणका लागि जाँदैछन् । चीन भ्रमणका एजेण्डाबारे सुझाव लिनका लागि प्रधानमन्त्रीले यो बैठक राखेका हुन् । बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीको राजनीतिक सल्लाहका विष्णु रिमाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बेलामा बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही बिषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट -BITM-२०२५ को औपचारिक घोषणा

      नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक योगदान पु¥याउँदै, नेपाल एशोसिएशन अफ टुर

मान्छे जलाएर राजतन्त्र फर्कँदैन : प्रचण्ड

    नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो

डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

    मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

      प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित