पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श



हाम्रो इकोनोमि

 

 

आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामलाका जानकार सहभागी छन् । प्रधानमन्त्री ओली मंसिर १७ देखि पाँच दिने चीन भ्रमणका लागि जाँदैछन् । चीन भ्रमणका एजेण्डाबारे सुझाव लिनका लागि प्रधानमन्त्रीले यो बैठक राखेका हुन् । बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीको राजनीतिक सल्लाहका विष्णु रिमाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बेलामा बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही बिषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...