प्युठानमा कांग्रेस र माओवादीका १०५ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

प्युठानको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङमा विभिन्न राजनीतिक दलका एक सय पाँच जना नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी तथा पूर्वइकाई सभापति पृथबहादुर बुढामगर, वर्तमान इकाई सचिव सनवीर बुढामगर र नेकपा (माओवादी केन्द्र)का वडा सचिव एकबहादुर विश्वकर्मासहित १०५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेता थापाले यहाँको पार्टी वडा कमिटी थप सबल र सशक्त बन्ने विश्वास व्यक्त गरे । सांसद थापाले एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउँदै एमालेको लक्ष्यमा नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने बताए ।यसैबीच, शनिबार सम्पन्न एमाले नौबहिनी गाउँपालिका-१ को दोस्रो वडा अधिवेशनले चन्द्रमणि बुढामगरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...