प्युठानमा कांग्रेस र माओवादीका १०५ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

प्युठानको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङमा विभिन्न राजनीतिक दलका एक सय पाँच जना नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी तथा पूर्वइकाई सभापति पृथबहादुर बुढामगर, वर्तमान इकाई सचिव सनवीर बुढामगर र नेकपा (माओवादी केन्द्र)का वडा सचिव एकबहादुर विश्वकर्मासहित १०५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेता थापाले यहाँको पार्टी वडा कमिटी थप सबल र सशक्त बन्ने विश्वास व्यक्त गरे । सांसद थापाले एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउँदै एमालेको लक्ष्यमा नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने बताए ।यसैबीच, शनिबार सम्पन्न एमाले नौबहिनी गाउँपालिका-१ को दोस्रो वडा अधिवेशनले चन्द्रमणि बुढामगरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...