प्रधानमन्त्री चीनबाट फर्किएलगत्तै भारत जानुहुन्छ : गृहमन्त्री लेखक



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन् । आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ । नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे । प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई कांग्रेस–एमाले बीच खटपट भएको भनेर गलत हल्ला चलाइएको उनले दाबी गरे । एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं । उनले २०८४ को निर्वाचनसम्म सहज रुपमा मिलेर जाने पनि उनले बताए । उनले सरकारका मन्त्री परिवर्तन गर्नेबारे दुई दलबीच छलफल नभएको पनि उनले बताए । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने । २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै उनले अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...