माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि धकेलेको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा माओवादी आन्दोलन आवश्यक नै नभएको जिकिर गरे । उनले भने, ‘लोकतन्त्रमा हामीले पाइला चालेको ३५-३६ वर्ष भयो । त्यसमध्ये १० वर्ष सशस्त्र द्वन्द्वमा खर्च गर्‍यौं । नेपालमा त्यो द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि म छु, तर त्यो एउटा रियालिटी हो । त्यसलाई राज्यले राजनीतिक मुद्दाको रुपमा लिएर संविधान र विस्तृत शान्ति सम्झौतामा समेत उल्लेख गरेर सशस्त्र द्वन्द्व भनेर समाधान गर्ने बाटो खोजेका छौं । १० वर्ष लामो त्यो द्वन्द्व र त्यसलाई व्यवस्थापन गर्न अर्को दश वर्ष लाग्यो । उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलन र विस्तृत शान्ति सम्झौतापछिका राजनीतिक मुद्दालाई सफलतापूर्वक व्यवस्थापन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...