माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि धकेलेको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा माओवादी आन्दोलन आवश्यक नै नभएको जिकिर गरे । उनले भने, ‘लोकतन्त्रमा हामीले पाइला चालेको ३५-३६ वर्ष भयो । त्यसमध्ये १० वर्ष सशस्त्र द्वन्द्वमा खर्च गर्‍यौं । नेपालमा त्यो द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि म छु, तर त्यो एउटा रियालिटी हो । त्यसलाई राज्यले राजनीतिक मुद्दाको रुपमा लिएर संविधान र विस्तृत शान्ति सम्झौतामा समेत उल्लेख गरेर सशस्त्र द्वन्द्व भनेर समाधान गर्ने बाटो खोजेका छौं । १० वर्ष लामो त्यो द्वन्द्व र त्यसलाई व्यवस्थापन गर्न अर्को दश वर्ष लाग्यो । उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलन र विस्तृत शान्ति सम्झौतापछिका राजनीतिक मुद्दालाई सफलतापूर्वक व्यवस्थापन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...