एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित



हाम्रो इकोनोमि

 

 

 नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास असफल भएपछि एमाले इलामको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन । उनले प्रत्यासी नरेन्द्रनाथ भट्ट्टराईलाई पराजित गरे । उपाध्यक्षमा उदय राई विजयी भएका छन । उपाध्यक्षमा उमेश गुरुङ र बुद्वी खनाल पनि उम्मेदवार थिए ।त्यस्तै सचिवमा रबिन्द्र सुवेदी बिजयी भएका छन । उनले प्रकाश अधिकारीलाई पराजित गरे । उप सचिवमा भने रमेश राई , दिलु लावती बिजयी भएका छन् । एमाले इलामको अधिवेशन बिहिबार शुरु भएको थियो । अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिती इलामका पुर्व प्रमुख हुन । सचिवमा निर्वाचित रबिन्द्र यस अघि उप सचिव थिए ।

नेकपा (एमाले)११औं जिल्ला अधिवेशन: पदाधिकारीको अन्तिम मत परिणाम-

अध्यक्ष
गणेश बराल ३८१
नरेन्द्रनाथ भट्टराई १९५

उपाध्यक्ष
उदय राई २५०
उमेश गुरुङ १८४
बुद्धि खनाल १३७

सचिव
रवीन्द्र सुवेदी २९२
प्रकाश अधिकारी २६८

उपसचिव

रमेश राई १७९

छवि श्रेष्ठ १५३
याम बा राई १३४
मानवील लुहागुन ५६

उपसचिव महिला
विष्णुमाया आचार्य २१७
दिलु लावती ३०९

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...