एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित



हाम्रो इकोनोमि

 

 

 नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास असफल भएपछि एमाले इलामको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन । उनले प्रत्यासी नरेन्द्रनाथ भट्ट्टराईलाई पराजित गरे । उपाध्यक्षमा उदय राई विजयी भएका छन । उपाध्यक्षमा उमेश गुरुङ र बुद्वी खनाल पनि उम्मेदवार थिए ।त्यस्तै सचिवमा रबिन्द्र सुवेदी बिजयी भएका छन । उनले प्रकाश अधिकारीलाई पराजित गरे । उप सचिवमा भने रमेश राई , दिलु लावती बिजयी भएका छन् । एमाले इलामको अधिवेशन बिहिबार शुरु भएको थियो । अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिती इलामका पुर्व प्रमुख हुन । सचिवमा निर्वाचित रबिन्द्र यस अघि उप सचिव थिए ।

नेकपा (एमाले)११औं जिल्ला अधिवेशन: पदाधिकारीको अन्तिम मत परिणाम-

अध्यक्ष
गणेश बराल ३८१
नरेन्द्रनाथ भट्टराई १९५

उपाध्यक्ष
उदय राई २५०
उमेश गुरुङ १८४
बुद्धि खनाल १३७

सचिव
रवीन्द्र सुवेदी २९२
प्रकाश अधिकारी २६८

उपसचिव

रमेश राई १७९

छवि श्रेष्ठ १५३
याम बा राई १३४
मानवील लुहागुन ५६

उपसचिव महिला
विष्णुमाया आचार्य २१७
दिलु लावती ३०९

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...