ईश्वर पोखरेलको नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन जाँदै



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ पुग्दैछ । एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ । चिनियाँ कम्युनिष्ट पार्टीको निम्तामा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी छन् । त्यस्तै केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत भ्रमण दलमा छन् । भ्रमण टोलीमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापा गौरगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली,केन्द्रीय सल्लाहकार तारा बराल नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मीसमेत छन् । मंगलबार चीन प्रस्थान गर्ने टोलीको पहिलो कार्यक्रममा नाम्जिङमा रहेको छ । सेकेन्ड ग्लोबल साउथ थिंक ट्यांक फोरममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको विदेश विभाग सदस्य श्रेष्ठले बताए । त्यसपछि बेइजिङमा भेटघाट हुने उनले जानकारी दिए । भ्रमण टोली करिब दुई सातापछि फर्किनेछ । प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको भ्रमण भए पनि यो कार्यक्रम भने पहिले नै तय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...