पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको सांसद पद चट्



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गर्ने तयारी गरेको छ । एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै संसद् सचिवालयले सूचना टाँस गर्ने तयारी गरेको हो । जापान काण्डमा मुछिएपछि अधिकारीलाई हिजो प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अन्तरगत अनुसन्धानका लागि हिरासतमा राखी अनुसन्धान गर्न अदालतबाट अनुमति पाएसँगै उनको दल नेकपा एमालेले हिजै अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सँगै अधिकारीको पक्राउबारे प्रहरीले प्रदेशसभाका सभामुखलाई मौखिक जानकारी दिइसकेको छ । आज लिखित जानकारी आएकाले सूचना टाँस गर्ने तयारी भएको संसद् सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए । संसद् सचिवालयमा सूचना टाँस भएसँगै अधिकारीको संसद् पद स्वतः निलम्बन हुने छ । संसद् नचलेको अवस्थामा प्रदेश सभाका कुनै सदस्य पक्राउ परेमा त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने कानुनी व्यवस्था छ । सो कुराको जानकारी सभामुखलाई भएसँगै संविधानको व्यवस्था अनुसार प्रहरीले प्रदेशसभालाई अधिकारी पक्राउ गरेको सूचना दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...