एमालेले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ ।एमाले केन्द्रीय सचिवालय बैठकले  प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवारहरुको टुंगो लगाएको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाएको बताउनु भयो । उपमहासचिव ज्ञवालीले सचिवालय बैठकले सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको जानकारी पनि दिनुभयो । एमालेले अनुमोदन गरेका नगरपालिका, गाउँपालिका प्रमुख र उपप्रमुख उम्मेदवाहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा डा. सुरेन्द्र मानन्धर, मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा हुनुहुन्छ । त्यस्तै एमालेले विभिन्न पालिकाका ३४ वडा अध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ ।

 

यी हुन एमाले उम्मेदवार

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...