एमालेले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ ।एमाले केन्द्रीय सचिवालय बैठकले  प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवारहरुको टुंगो लगाएको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाएको बताउनु भयो । उपमहासचिव ज्ञवालीले सचिवालय बैठकले सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको जानकारी पनि दिनुभयो । एमालेले अनुमोदन गरेका नगरपालिका, गाउँपालिका प्रमुख र उपप्रमुख उम्मेदवाहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा डा. सुरेन्द्र मानन्धर, मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा हुनुहुन्छ । त्यस्तै एमालेले विभिन्न पालिकाका ३४ वडा अध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ ।

 

यी हुन एमाले उम्मेदवार

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...