म अझै थाकेको छैन, अन्तिम पटक आन्दोलन गर्दैछु : पुष्पकमल दाहाल



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताएका छन् । शनिबार मकवानपुर आएका प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरे । मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताए । मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको बताए । `नयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ´,  प्रचण्डले भने, `प्रचण्ड थाकेको छैन, थाक्दैन पनि । कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको जिकिर गरे । विपदका बेलामा पीडितको घरदैलोमा पुग्दा सरकार कहाँ छ थाहा छैन भन्दै आफूलाई भरोसा गरेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...