आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा आज बालुवाटारमा बसेको बैठकमा यो विषय उठेको हो । प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीसहित केही साना दलहरूलाई लक्षित गरेर अध्यादेश ल्याउने प्रयासमा छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेसभित्र सहमति नजुट्दा तत्काललाई रोकिएको छ । अध्यादेशको विषयमा बैठकमा कुरा उठेपछि त्यस्तो कुनै तयारी नभएको प्रधानमन्त्रीले बैठकमा प्रष्टीकरण दिएको सहभागी एक नेताले बताए । उनले भने, ‘विपक्षी दलको तर्फबाट ज्ञापनपत्रमा अध्यादेशको विषय ध्यानाकर्षण गराएको विषय आएपछि बैठकमा कुरा उठेको थियो। तर, प्रधानमन्त्रीले अहिले त्यस्तो कुनै जानकारी नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आवश्यक परे ल्याउनसक्ने भएपनि अहिले कुनै तयारी नभएको उनको भनाइ छ । नेकपा एसका एक तिहाइभन्दा बढी केन्द्रीय सदस्य र आधा जति सांसदले विभाजनमा सहजताका लागि अध्यादेश ल्याइदिन प्रधानमन्त्री र एमालेलाई आग्रह गरिरहेका छन्। साना दल फुट्दा एमालेले लाभ लिन सक्ने भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले नमानेपछि प्रधानमन्त्री ओलीको यो प्रयास तत्काललाई रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...