रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी टसमस नभएपछि अश्रुग्यास प्रहार गरिएको छ । त्यसक्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो । अश्रुग्यास प्रहारपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । रविलाई म्याद थपका लागि अदालत प्रवेश गराइएको छ । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...