वायुसेवा निगमको वाइडबडी जहाज मर्मत गरी फर्कियो



हाम्रो इकोनोमि

 

 

नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ । निगमको वाइडबडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ । सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टमसम्म परीक्षण गरिन्छ । विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ । ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ । नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...