कमला ह्यारिस मार्क्सवादी हुन् : ट्रम्प



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ यिनी मार्क्सवादी नै हुन्,’ ट्रम्पले प्रत्यक्ष बहसका क्रममा सामुन्नेमा रहेकी डेमोक्रयाट उम्मेदवार तथा हालकी उपराष्ट्रपति ह्यारिसबारे आरोप लगाए । ट्रम्पले अघि भने, ‘यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् । पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले लगाएको आरोपमा ह्यारिसले भने आफू पुँजीवादकै समर्थक भएको बताइरहिन् ।आफ्ना पिता मार्क्सवादी बौद्धिक भए पनि आफूले हालको अमेरिकी बाटो नै पछ्याउने ह्यारिसको भनाइ थियो । ‘म पुँजीवादकै समर्थन गर्छु, ममाथि यिनले लगाएको यो आरोप बेकार हो,’ ह्यारिसले भनिन् । ट्रम्पले ह्यारिसले इजरायललाई घृणा गर्ने गरेको र अमेरिकालाई भेनेजुयला बनाउन लागेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...