नेपालमा अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने



हाम्रो इकोनोमि

 

 

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिनुभएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता हुन्भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताए । अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...