जिल्लामा आउने जस्तो सुकै विपदको सामना गर्न सक्छौ : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ



 

 

विपदको सामना गर्न सरोकारवाला निकाय मात्रै होइन । समाजमा रहेका सवै समुदायहरुको सहयोग रहनु पर्ने कुरा प्रमुख जिल्ला अधिकारी एवं भक्तपुर विपद व्यवस्थापनकी अध्यक्ष रोशनी कुमारी श्रेष्ठले वताइन । नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको प्राकृतिक प्रकोप एव पूर्व तयारी विषयक अन्तरक्रिया कार्यकममा उनल भनिन – जिम्मेवार निकाय संगै हातेमालो गरेर समाजका अरु निकाय र संस्थाहरु पनि लाग्ने हो भने हामी जिल्लामा आउने जस्तो सुकै विपदको सामना गर्न पनि सक्छौ । पछिल्लो समय राजनीतिक दलका नेताहरुलाई मैले आग्रह गरेपछि दलका नेताहरुले पनि आफू सहित आफनो पार्टीका कार्यकर्ताहरलाई परिचालित गर्न थालेका छन । केही दिन अघि वालकोट एरियाको वस्तीमा पसेको वाढीले पु¥याएको क्षति न्यूनीकरण दलका नेता–कार्यकताहरु पनि परिचालित भएका थिए, उनले भनिन – त्यो राम्रो पक्ष हो । कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले भनिन – अहिले यो वाढीको प्रकोपमा मात्रै होइन, गएको चैत्र –वैशाखमा खास गरेर सूर्यविनायक नगरपालिकाको वन क्षेत्रमा आगो लाग्दा त्यो आगो निभाउने प्रयत्न जनस्तरबाट भएको देखिएन । त्यो खाली जनप्रतिनिधिको र जिम्मेवार निकायको मात्रै काम हो जस्तो गरी स्थानीयस्तरको समुदाय जागरुक नभएको उनले सुनाइन । र, उनले भनिन – राम्रो कामका लागि हामीले प्रतिशोधी भावना लिन ह्ँदैन । सामाजिक दायित्व हामी जिम्मेवारी लिएर पदमा बस्नेहरुको मात्रै हो भन्ने भावना लिनु भएन । सामाजिक काम हामी सबैको दायित्व हो भन्ने भावनाबाट हामी चल्न सक्नु पर्छ । त्यसो भयो भने मात्रै हामी जस्तो सुकै विपदको पनि सामना गर्न सक्छौ । उनले आफ्ना कुरा राख्ने क्रममा भनिन – अहिले समाजमा जसले जे गरे पनि हुन्छ भन्ने एक प्रकारको मान्यता हावी भएको छ । तर, त्यसो होइन, व्यक्ति वा संस्था जसका कारणले विपद निम्ताउने काम भएको छ । त्यस्ता व्यक्ति वा संस्था किटानी भएको खण्डमा ५ लाख जरिवाना र दुई वर्ष सम्म कैद हुन्छ । यो कुरालाई तपाई पत्रकारहरुले प्रचार गरिदिनुहोस । जिल्लाका चारवटै नगरपालिकाका क्षेत्रहरुमा विपद्को जोखिम रहेको उनले वताइन । त्यसमा अलि बढी सूर्यविनायक र चाँंगुनारायण क्षेत्रमा समस्या रहेको छ । समस्यामा यी नगरपालिकाहरु पहाडी क्षेत्रमा रहेकोले समस्यामा रहेको हो भन्दै उनले थपिन – यसबाहेक भक्तपुर र मध्यपुर थिमिमा भने बढी डुवानको समस्या रहेको छ । कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पर्शुराम पाण्डेले जिल्लामा हुनसक्ने सम्भावित विपतको उद्धारका लागि रेडक्रसका २४ उपशाखाहरु सक्रिय रहेको बताए । उनले अहिले पनि रेडक्रश वाढी पहिरोबाट पिडीत भएका घर–परिवारको उद्धारमा सकिूयताका साथ लाग्दै आएको छ । यो निरन्तरता हामी जहिले पनि जारी राख्ने छौ । उनले कार्यक्रमा भक्तपुर जिल्ला अहिले पनि वल्ड संकलनमा पहिलो रहेकोले यसलाई हामीले कायमै राख्नु पर्ने भएकाले पनि बल्ड डानेशन वारे प्रचार–मा अलि बढी जोड दिन संञ्चारकर्मीहरलाई आग्रह गर्नु भयो । जिल्लाको सूर्यविनायक नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक एवं नगरपालिका वडा नं ९ नंखेलका अध्यक्ष भगवान खत्रीले विपदमा परेकाहरुलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई प्रमुखताका साथ नगरपाकिलले लिने जानकारी गराए । कार्यक्रमा चाँंगुनारायण नगरपालिकाका विपद व्यवस्थापन समितिका प्रमुख दिनेश थापाले हिजोमात्रै नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा वसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक वसेको र नगरपालिकाले चालू आर्थिक वर्षका लागि तीन करोड ९० लाख विनियोजन गरेको सुनाए । । कार्यक्रममा विपद विज्ञ द्धय डा दीपकविक्रम थापा र रामहरि केसीले विपद्का विभिद् विषयहरुमाथि चर्चा गरेका थिए । उनीहरुले विपद आउनु भन्दा वा विपदको सम्भाविद समय आउनस भन्दा पहिले नै सम्बन्धी सरोकारवाला निकायले यस्ता विषयमा पूर्व तयारीका लागि प्रयाप्त छलफल वहस गर्नु पर्ने वताए । विपदको बजेट क्षति भैसकेपछि मात्रै खर्च गर्ने होइन , त्यो चन्दा पहिले विपदको पूर्व चयारी र जनचेनताका लागि खर्च ग¥यो भने विपद धेरै हद सम्म न्यूनिकारण गर्न सकिने जानकारी गराउनु भयो । सो अन्तरक्रिया कार्यकूमको विषय उठान पत्रकार रमेस गिरीले गरेका थिए भने कार्यक्रम संचालन सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्