एकीकृत समाजवादीको अध्यक्षमा रस्साकस्सी



 

 

नेकपा (एकीकृत समाजवादी) आफ्नो महाधिवेशनको तयारीमा छ । विशेषगरी माधव नेपालपछि अबको अध्यक्ष को भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । अध्यक्षमाभइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो । तर दुई नेताबीच भएको भनिएको सहमति एक दिनपनि टिक्न नसकेको भनेर पार्टीपंक्तीमा नयाँ बहस सिर्जना भएको छ । सम्मानित नेता खनालले भुसाललाई अघि सारेर आफू व्याक भएको भनिएको एक दिन नवित्दै नेता खनालको पक्षबाट त्यस्तो नभएको भन्दै विज्ञप्ति सावजनिक भएपछि खनाल र भुसाल पक्षबीच दरार सृजना भएको बुझिएको छ ।

दुई नेताहरुको भेटघाटलाई लिएर भएका गतिविधिलाई अनावश्यक उचालेर पक्ष विपक्ष बनाउने कार्यले स्वयं दुई नेताहरुवीच नै दरार सृजना गर्ने कार्य गलत भएको नेताहरुको बुझाइ छ । हुनपनि दुई मध्ये भुसाललाई अध्यक्षमा अघि सार्ने भन्ने विषयमा दुई नेताबीच भएको भनिएको सहमति एक दिन नपुग्दै कमजोर भइसकेको आकंलन गरिएको छ । माधव नेपालको विकल्पमा आफू अध्यक्ष हुने भनेर दाबी गरेका दुई नेता खनाल र भुसालबीच एक दिन सहमति हुने र अर्को दिन सहमति नै नभएको भन्दै खनाल सचिवालयको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिले शंसय उत्पन्न गराएको छ ।

अध्यक्ष नेपालविरुद्ध तयारी भएका खनाल र भुसालबीच छोटो समयमै यसरी दरार उत्पन्न भएपछि स्वयं पक्षधर कार्यकर्ताहरु नै अलमलमा परेको नेताहरु बताउनुहुन्छ । यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफूले भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट पार्नु भएको छ । त्यतिमात्र होइन खनालको सचिवालयको तर्फबाट बिज्ञप्ति नै सार्वजनिक भएपछि दुई नेताबीच थप खटपट सुरु भएको नेताहरु बताउँछन् । विहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिंदै नेता खनालले आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गर्नूभयो । बुधबार खनाल निवासमा भुसालसँगको छलफलपछि उहाँले अध्यक्षमा भुसाललाई समर्थन गर्ने समाचार बाहिरिएको थियो । नेता खनालले आफ्नो नाममा सहमतिन हुनुपर्ने कारण के छ भन्दै सहमति बन्ने दावी गर्नुभयो । बिहीबार मात्रैपनि सबै प्रदेशका अध्यक्षहरु ख्नाल निवासमै पुगेर भेटघाट गरी अधिकारसहितको सम्मानित नेताका रुपमा एकताबद्व भएर सर्बसहमत नेतृत्व चयन गर्न अनुरोध गर्नु भएको थियो । अघिल्लो दिन भुसाललाई सहमति दिएको भनिएको खनाल पक्ष त्यसको भोलिपल्टै फेरी किन र कसरी आफैं नेतृत्व नछाड्ने पक्षमा उभिन पुगे भन्ने विषय रहस्यमयमै छ ।

नेतृत्व छनोट प्रकृया पेचिलो बन्ने भएपछि आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न, पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमाकाम गर्नसक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव समेत दिएका थिए । कोशीबाट बलदेव चौधरी, मधेस प्रदेशका रामचन्द्र यादव, बागमतीका सावित्रा भुसाल, गण्डकीका श्रीनाथ बराल, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीकाअम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनु भएको थियो । पार्टीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनकालागि छलफल गरिएको थियो । महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।