माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा



हाम्रो इकोनोमि

 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी ५.८ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी उल्लेख्य देखिए पनि कम्पनी भने नोक्सानीमा छ । तेस्रो त्रैमासिक अवधिसम्म यो कम्पनी १ अर्ब ३९ करोड नोक्सानीमा छ । यद्यपि कम्पनीको नोक्सानी पहिलेको तुलनामा घटेको छ । गत आवको तेस्रो त्रैमासमा यस्तो नोक्सानी २ अर्ब २ करोड थियो ।

बिजुली बिक्री आम्दानी उल्लेख्य हुँदा पनि कम्पनी नोक्सानीमा जानुको मुख्य कारण उच्च वित्तीय लागत हो । कम्पनीले बैंकलाई बुझाउनुपर्ने साँवा तथा ब्याज रकम उच्च हुँदा नोक्सानी देखिएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...