राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेको उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

 

 राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन्। संसद भवन बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएकी हुन् । घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ। यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन । त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ । यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...