एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ
एमाले पूर्वी नवलपरासीको अध्यक्षमा जीवन श्रेष्ठ चुनिएका छन् । नवौं अधिवेशन सुरु भएको चौथो दिन बिहीबार श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ संविधानसभा सदस्य पनि हुन् । जिल्ला कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भिम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा चयन भएको निर्वाचन समितिले जनाएको छ । १ सय ३ जना जिल्ला सदस्यका लागि २ सय ८४ जनाको उम्मेदवारी परेको थियो । सदस्यहरुका आकांक्षी बढेपछि निर्वाचन समितिले १ सय ३ जनाको नाममा सहमति जनाएर आउन अनुरोध गरेको छ । सदस्यहरुमा सर्वसम्मत हुन नसके अध्यक्ष मण्डलले नाम घोषणा गर्ने तयारी गरेको एमालेले जनाएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि मतदान नगरिपछि नेतृत्वको आलोचना गरिएको छ ।