कांग्रेसका महामन्त्री थापा इलाम-२ को चुनाव प्रचारमा



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धन भत्किएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले इलाम २ को उपचुनावलाई प्रतिष्ठा बनाएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समर्थन गरे पनि कांग्रेसले एक्लै जित्नै रणनीतिका साथ अगाडि बढेको हो । वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १४४ मतले मात्रै पराजित भएका थिए । त्यसैले अहिले इलाममा आफ्नो पक्षमा माहोल बनाउन कांग्रेसका शीर्ष नेताहरू खटिएका छन् । त्यहाँ कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ । उम्मेदवार चयन गर्नुअघि नै इलामको ग्राउण्ड रिपोर्ट बुझेका शर्मालाई नै अहिले खड्कालाई जिताउने जिम्मेवारी दिएर पठाएको छ । खड्काको पक्षमा माहोल बनाउनको लागि अहिले अर्का महामन्त्री गगन थापा पनि इलाम पुगेका छन् । शर्मालाई साथ दिनको लागि गगन इलाम पुगेको बताइन्छ । महामन्त्री थापा अहिले चुनावी अभियान अन्तर्गत नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । त्यहाँ कांग्रेसलाई एमाले मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार (पहिचानवादी) डकेन्द्रसिंह थेगिम लिम्बू पनि चुनौती बनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...