सिंहदरबारभित्रै प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन



हाम्रो इकोनोमि

 

 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि पुगेर प्रदर्शन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीनजना कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेका थिए । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । सामान्य पोशाकमा प्रधानमन्त्री कार्यालय अगाडि पुगेका उनीहरू प्रधानमन्त्री कार्यालय अगाडि पुग्ने बित्तिकै अर्धनग्न भएर नारा लगाएका थिए । तत्कालै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री प्रचण्ड कार्यालयमै थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...