सिंहदरबारभित्रै प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन



हाम्रो इकोनोमि

 

 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि पुगेर प्रदर्शन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीनजना कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेका थिए । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । सामान्य पोशाकमा प्रधानमन्त्री कार्यालय अगाडि पुगेका उनीहरू प्रधानमन्त्री कार्यालय अगाडि पुग्ने बित्तिकै अर्धनग्न भएर नारा लगाएका थिए । तत्कालै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री प्रचण्ड कार्यालयमै थिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...