ईपीएस कोरिया शाखाका निर्देशक सुवेदी जिम्मेवारीबाट हटाइए



हाम्रो इकोनोमि

 

 

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार, इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । शनिबारबाट काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले बिहीबार भएको घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिएको बताए ।त्यसअनुसार प्रहरी प्रधान कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवार र ललितपुर प्रहरीका अपरेशन कमाण्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...