सन्दीप लामिछानेले जेलबाहिरै बसेर पुनरावेदन गर्न पाउने



हाम्रो इकोनोमि

 

 

गौशाला २६ माथि बलात्कार भएको ठहरसहित जिल्ला अदालत, काठमाडौंले शुक्रबार बेलुकी क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्‍यो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गर्दा पीडित पनि बालिग भएको व्याख्या गर्‍यो । सरसर्ती हेर्दा आरोपितलाई दोषी ठहर गरेको देखिए पनि जिल्ला न्यायाधीश ढकालको इजलासबाट भएको आदेशबाट सन्दीप लामिछानेलाई असीमित सहुलियत पाएका छन् । पीडितलाई बालिग ठहर नगरेको भए सन्दीप तत्काल थुनामा जानुपर्थ्यो र कैदमा बसेर उच्च अदालतमा मुद्दाको पुनरावेदन गर्नुपर्थ्यो । पीडितलाई बालिग ठहर गर्ने जिल्ला अदालतको फैसलापछि सन्दीपमाथिको सजाय अधिकतम १० वर्षमा सीमित भएको छ । मुलुकी फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था हेर्दा, १० वर्षसम्म कैद सजाय भएको मुद्दामा धरौटीमा छुटेको आरोपितले बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउछ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...