काठमाडौं फोटोग्राफर संघको निःशुल्क आँखा शिविर सम्पन्न



हाम्रो इकोनोमि

 

 

काठमाडौं फोटोग्राफर संघले शनिबार काठमाडौंमा निःशुल्क आँखा शिविर कार्यक्रम संचालन गरेको छ ।
नेपालीहरुको महान चाड वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको शुभकामना आदान-प्रदान गर्न आयोजित कार्यक्रममा निःशुल्क आँखा शिविर संचालन गरिएको हो । काठमाडौं महानगरपालिका वडा नं. १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको आँखा शिविर कार्यक्रममा फोटोग्राफरहरुका साथै सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

शिविरमा मधुमेहका बिरामीका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधी निःशुल्क वितरण गरिएको संघका अध्यक्ष हरि प्रसाद घिमिरे बताए । गत भदौ ३० गते संघको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भए सँगै फोटोग्राफरहरुमा विकसित समान्य तर जटिल समस्याको रुपमा देखापरिरहेकोले यो निःशुल्क शिविर संचालन गरेको हो । फोटोग्राफी पेसा डिजिटलाजेन्समा परिमार्जन भएसँग डिजिटल डिभाइसको प्रयोगले आँखामा आउनसक्ने समस्यालाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । निःशुल्क शिविरमा १ सय ७० भन्दा धेरै व्यक्तिहरू लाभान्वित भएको संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरे जानकारी दिए ।

संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रत्नमान आँसु, पूर्व अध्यक्षद्वय बालकृष्ण श्रेष्ठ, मोति बहादुर बोगटी, निवर्तमान अध्यक्ष डिगम्बर राजवंशी, पूर्व उपाध्यक्ष जीवनाथ काफ्ले, भोजराज घिमिरे, निवर्तमान उपाध्यक्ष भोला काफ्ले, फोटो वाक नेपालका ओम यादव, वरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठ तथा कार्यक्रम संयोजक हरि ज्ञवालि लगायतले चाडपर्वको शुभकामना मन्तव्य राखेका थिए । के एण्ड के कलेज, नयाँ बानेश्वरमा सम्पन्न उक्त कार्यक्रम संघका सचिव रेशम राज पण्डितले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...