वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे रैथाने उत्पादनबारे चासो



हाम्रो इकोनोमि

 

 

कान्ति सांस्कृतिक केन्द्रले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कान्ति सांस्कृतिक केन्द्रले कान्ति सांस्कृतिक केन्द्र राष्ट्रपति भवनअगाडि नेपालीहरुको महान चाँड विजय दशमी, शुभदीपावली, नेपाल संवद ११४४ तथा छठ पर्व २०८० को अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संविधासभा सदस्य रत्न गुरुङ, नेकपा केन्द्रीय सदस्य नारायण सिल्वाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौं क्षेत्र नम्बर ५का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगरपालिका–३का वडाध्यक्ष प्रेम थापालगायतको उपस्थित रहेको थियो । कार्यक्रममा स्थानीय स्तरमा उत्पादित रैथाने उत्पादन मह, गुन्द्रुक, मस्यौरा, अचारलगायत खाद्यसामग्री राखिएको थियो । त्यसैगरी प्रदर्शनमा स्थानीय उत्पादन ढाकाका सारी, टोपीलगायत सामग्री प्रदर्शनमा राखिएको थियो । प्रदर्शनमा राखिएका सामग्री नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष र्ईश्वर पोखरेललगायत सहभागीले खरिद गरेका थिए । प्रदर्शनमा राखिएका सामग्री खरिद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताए । सो क्रममा उनले स्थानीय उत्पादनमा रहेका समस्याबारे चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...