वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे रैथाने उत्पादनबारे चासो



 

 

कान्ति सांस्कृतिक केन्द्रले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कान्ति सांस्कृतिक केन्द्रले कान्ति सांस्कृतिक केन्द्र राष्ट्रपति भवनअगाडि नेपालीहरुको महान चाँड विजय दशमी, शुभदीपावली, नेपाल संवद ११४४ तथा छठ पर्व २०८० को अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संविधासभा सदस्य रत्न गुरुङ, नेकपा केन्द्रीय सदस्य नारायण सिल्वाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौं क्षेत्र नम्बर ५का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगरपालिका–३का वडाध्यक्ष प्रेम थापालगायतको उपस्थित रहेको थियो । कार्यक्रममा स्थानीय स्तरमा उत्पादित रैथाने उत्पादन मह, गुन्द्रुक, मस्यौरा, अचारलगायत खाद्यसामग्री राखिएको थियो । त्यसैगरी प्रदर्शनमा स्थानीय उत्पादन ढाकाका सारी, टोपीलगायत सामग्री प्रदर्शनमा राखिएको थियो । प्रदर्शनमा राखिएका सामग्री नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष र्ईश्वर पोखरेललगायत सहभागीले खरिद गरेका थिए । प्रदर्शनमा राखिएका सामग्री खरिद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताए । सो क्रममा उनले स्थानीय उत्पादनमा रहेका समस्याबारे चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट