सेसेनको अध्यक्षमा जोशी, महासचिवमा डा. पराजुली



हाम्रो इकोनोमि

 

 

सोसाइटी अफ इलेक्ट्रोनिकस एण्ड कम्युनिकेशन ईन्जिनियर्स नेपाल (सेसेन)को सर्वसम्मत रुपमा ११औं नयाँ कार्यकारी समिति चयन गरिएको छ । सेसेनको आज एक विशेष कार्यक्रम आयोजना गरी ई. राजेश जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ई. मनेसलाल चुके, महासचिवमा डा. ई. शालिग्राम पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासचिव पराजुली बिगतमा देशभरको अप्टिकल ट्रान्समिसन नेटवर्क बिस्तार आयोजना संचालनमा उत्कृस्ट नतिजा निकाल्न सफल व्यक्तित्व हुनुहुन्छ ।

उहाँ हाल नेपाल टेलिकम केन्द्रीय कार्यालय, प्रमुख सञ्चालन अधिकृतको कार्यालय अन्तर्गत नेटवर्क तथा प्रदेश समन्वय विभाग प्रमुखको रुपमा कार्यरत प्रबन्धक हुनुहुन्छ । प्रभावशाली युवा नेतृत्व, आम सूचना प्रविधिकर्मी र युवाहरु माझ अत्यन्त लोकप्रीय, पेशागत दक्षता, कुशल ब्यवस्थापक, अत्याधुनिक प्रविधि क्लाउड कम्प्युटिंग मार्फत सुशासन कायम गर्ने सम्बन्धि विषयमा विद्यावारिधी गर्नु भएका कुशल इञ्जिनिएरका रुपमा उहाँ परिचित हुनुहुन्छ । समाजका अध्यक्ष TTRC का निर्देशक ई जोशीसहितको जुझारु टिमको यस कार्यकालमा समाजले गुणस्तरीय कार्यक्रम र संगठन बिस्तार लगायतका कामहरुमा फड्को मार्ने विश्वास गरिएको छ ।

त्यस्तै उपमहासचिवमा डा. ई. सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा ई. कृष्णप्रसाद भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा ई. विनममान श्रेष्ठ, ई. सुमन रञ्जितकार, ई. सञ्जिाव सिंह कठायत, ई. सुरेन्द्रमान श्रेष्ठ, ई. सरोजमान सिंह प्रधान र ई. उदयकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । समाजको स्थापना सन् १९९६ मा इलेक्ट्रोनिक्स, कम्युनिकेशन र कम्प्युटर इन्जिनियरिङको क्षेत्रमा संलग्न नेपाली इन्जिनियरहरूको पेशागत व्यावसायिक गतिविधिहरु गर्ने उद्देश्यका साथ भएको हो । सेसेनले नेपाली इन्जिनियरहरूले अन्य इलेक्ट्रोनिक्स व्यवसायीहरूसँग सम्बन्ध बढाउन र प्राविधिक ज्ञान विचारहरू साझा गर्ने कार्य गर्दछ । समाजले वर्तमान र नविनतम् प्रविधिहरूमा नियमित प्राविधिक सेमिनार, गोष्ठी, अन्तरक्रिया, सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमहरूको व्यवस्था गर्दै आएको छ ।

समाजमा विभिन्न दूरसञ्चार अपरेटरहरू, निजी व्यापार संघसंस्था, इन्टरनेट सेवा प्रदायक संस्था, कलेज र विश्वविद्यालयबाट सदस्यहरू रहनुभएको छ । पेशामा उच्च नैतिकता स्थापित गर्न र आफ्ना सदस्यहरूको व्यावसायिक अधिकार सुनिश्चित गर्नमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । विभिन्न गैरसरकारी संस्थाहरूको नेतृत्वमा समाजले विभिन्न नयाँ प्रविधिको विकास र विस्तारका प्रविधियुक्त तथा दैनिक जीवनमा लागु हुने तथा सम्भावनाका असंख्य कार्यक्रमहरूको माध्यमबाट सदस्य समुदायलाई विभिन्न विषयमा प्रशिक्षण तथा तलिम प्रदान गरी प्रविधिमैत्री मुलुक निर्माण गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...