दाह्री काट्ने मेसिनको निहूमा छोराले गरे बुवाको हत्या



हाम्रो इकोनोमि

 

लमजुङमा दाह्री काट्ने मेसिन नदिएको भन्दै धारिलो हतियार प्रयोग गरेर छोराले बुवाको हत्या गरेका छन्। क्व्होलासोथार गाउँपालिका-९ टक्सार का २८ वर्षीय सजन बिकले ६० वर्षीय दिलबहादुर बिकमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

असोज १० गते दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर झगडा हुँदा सुजनले दिलबहादुरलाई खुकुरी हानेका थिए।  उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबार दिउँसो  दिलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुजनलाई भने प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले १६ गते पक्राउ गरिसकेको थियो। स्थानीयले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...