नेपालगञ्जमा दिउँसोको ‘कर्फ्यू’ हट्यो



हाम्रो इकोनोमि

 

 

नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ८ बजेदेखि हटाइएको छ । अब कर्फ्यू राती मात्र कायम रहनेछ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यू आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी रहने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

दिउँसोको समयमा कर्फ्यु हटे पनि कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज तीन दिनपछि शान्त बनेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यू आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...