नेपालगञ्जमा दिउँसोको ‘कर्फ्यू’ हट्यो



 

 

नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ८ बजेदेखि हटाइएको छ । अब कर्फ्यू राती मात्र कायम रहनेछ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यू आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी रहने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

दिउँसोको समयमा कर्फ्यु हटे पनि कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज तीन दिनपछि शान्त बनेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यू आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख प्रेमकुमार राईको यस्तो गुनासो

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १००

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति रवि लामिछानेलाई

तथ्य र प्रमाण हेरेर अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न