नेपालगञ्जमा आज पनि कर्फ्यू, सर्वपक्षीय भेलाको तयारी



हाम्रो इकोनोमि

 

 

बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले आज पनि कर्फ्यूलाई निरन्तरता दिएको छ । हिन्दू र मुस्लिम समुदायबीचको तनावका कारण शान्ति सुरक्षामा चुनौती बढेपछि मंगलबार दिउँसो १ बजेदेखि जारी कर्फ्यूलाई आज पनि कायम राखिएको बाँकेका सीडीओले जानकारी दिए । पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुलहुज्जत गर्न प्रशासनले बन्देज लगाएको छ । कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ । बजार र यातायात बन्द छ । स्थानीय घरभित्रै बसेका छन् । नगर क्षेत्रमा साँझदेखि सेनासमेत परिचालन गरिएको छ । दुई समूहको झडपमा केही घाइते भएका छन् । बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर कर्फ्यू हटाउने कि नहटाउने निर्णय लिइने प्रशासनले जनाएको छ । प्रजिअ आचार्यका अनुसार दुवै पक्षका प्रतिनिधिसँग छलफलको प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...