एमाले महासचिव पोखरेलद्धारा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्टयाएर स्वदेश फर्कनु भएको छ । संविधानसभाका अध्यक्ष एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महासचिव पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किनु भएको हो । महासचिव पोखरेल स्वदेश फर्कनसाथ पार्टी केन्द्रीय कार्यालय जानुभई उपाध्यक्ष नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । महासचिव पोखरेल बिमानस्थलबाट सिधै पार्टी कार्यालय जानुभएको हो । महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ। हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...