पुष्पलालले स्थापना गरेको नेकपा नै अहिलेको एमाले हो : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकास र पुष्पलाल जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थ भन्दा माथि उठ्नु पर्ने बताएका छन् । पुष्पलालको ४५ औँ स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो भँगेरीमा एमाले रामेछाप जिल्लाको समन्वयमा केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै पोखरेलले रामेछाप तीनलाल अर्थात् पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो भएको बताए । पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण गरे । पोखरेलले पुष्पलालले स्थापना गरेको नेकपा नै अहिलेको नेकपा एमाले भएको बताए ।

 

 

 

पुष्पलालको भग्नावशेष जन्मघरको माटोमाथि उभिएर पोखरेलले पुष्पलालको जन्मथलोमा तीनलालको शालिक स्थापना गर्नुपर्नेमा जोड दिए । पोखरेलले राष्ट्रिय विभूति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र यो ठाउँलाई राजनीति पर्यटनको विकास गर्न पनि सबै राजनीतिक दलको सहयोग आवश्यक हुने बताए ।

पोखरेलले भने, ‘रामेछाप नगरपालिका अहिले कांग्रेसले जितेको छ । मैले मेयर लवश्री न्यौपानेसँग आजै भेट गरेर यहाँको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरेको छु । उहाँले पनि सकारात्मक रूपमा लिनुभएको छ । समग्र नगर र जिल्लाको विकासका लागि पनि तीनलालको सम्मान हुनुपर्छ । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पुष्पलालको सम्मानमा यहाँको विकास र समृद्धि आवश्यक भएको भन्दै यहाँको विकासमा दलगत चस्माबाट हेर्नु नहुने बताए ।

कार्यक्रममा एमालेका बागमती प्रदेशका इन्चार्ज गुरु बराल, सम्पर्क समन्वय इन्चार्ज लालबाबु पण्डित, स्थायी कमिटी सदस्यहरू कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य कमल चौलागाई, सुजिता शाक्य, शान्ता चौधरी, लीला भण्डारी, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडी, भक्तपुर इन्चार्ज कैलाश ढुंगेल, सिन्धुली इन्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य माधव ढुंगेललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...