आफ्नो पार्टी हराएर विरोधीलाई कसरी जिताउने भन्नेमा चिन्तित हुँदा रहेछन् : विनोद चौधरी



हाम्रो इकोनोमि

 

 

प्रत्यक्ष राजनीतिमा लागेर पहिलो पटक प्रत्यक्ष चुनाव लडेर जितेका उद्योगपति विनोद चौधरीले कांग्रेसमा अनुशासनको पाटो निकै कमजोर रहेको अनुभव सुनाउँदै बेलैमा लगाम नलाए भविष्यमा विकराल अवस्था आउने बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य चौधरीले टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नु पर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति आफूले भोगेको बताए । चौधरीले भने– एक ठाउँमा उभिएर कसरी सघाउलान् भनेको त कसरी सिध्याउने भन्नेमा लागेको अनुभूति मैले गरेँ ।

आफ्नो पार्टीको उम्मेदवार हराउने मात्र होइन विरोधीलाई कसरी जिताउने भनेर लागेका प्रत्यक्ष प्रमाणहरू छन् । ती सबै प्रमाण अनुशासन समितिलाई बुझाइएको छ । चौधरीले यो प्रवृत्तिले पार्टी प्रणाली समाप्त हुने बताए । उनले नयाँ भनिएकाहरूले निकै चुनौती दिएको भन्दै अहिलेको आर्थिक संकटको अवस्था पार लगाउन पार्टीभित्रकै विज्ञहरूलाई जिम्मा दिइनुपर्ने बताए । साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा वित्तीय अवस्था पुगेको चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...