कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले मागे गृहमन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।त्रिभुवन विमानस्थ भन्सार कार्यालयबाहिरबाट बरामद गरिएको करिब १ क्विन्टल सुन तस्करीमा गृहमन्त्री नारायणकाजीको समेत नाम जोडिएकाले उनले पदबाट राजिनामा दिनुपर्ने उनको भनाइ छ ।

तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा व्यक्त गर्दै उनले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । यसैबीच, नेपाली कांग्रेसकै सांसद सुनील शर्माले पनि गृहमन्त्री श्रेष्ठ तथा अर्थमन्त्री प्रकाशशरण महतले समेत यो प्रकरणमा राजीनामा दिनुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...